सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पाल्पामा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सुरु

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सुरु भएको छ । 

रानीमहल परिसरमा राष्ट्रिय महिला भलिबल बिच प्रतियोगिता बिहीबार छ खेल सम्पन्न भएका छन् । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले महिला भलिबलको उद्घाटन गर्दै रानीमहल बिच भलिबलको राजधानी बनाउन सकिने बताउनुभएको छ । 

खेलकुदको राम्रो सम्भावना बोकेको रानीमहल क्षेत्र बिच भलिबलको हब बनाउन सकिने सचिव रेग्मीले बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

महिला बिच भलिबलका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले रु ३० हजार नगद पुरस्कार दिने घोषणा गर्नुभयो ।

बिहीबारदेखि सुरु खेलमा आज चार खेल हुनेछन् । चार वटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताउनुभयो । पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबीच हुनेछ । 

दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबीच हुने छ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ । 

चौथो खेल गण्डकी र प्रदेश नं १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : २६ बजे