आयोगद्वारा ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त

काठमाडौँ – निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताउनु भयो।

आयोगको आजको बैठकमा अर्यालले भन्नुभयो, ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णयबमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये चैत २३ को निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतहरूलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको छ ।’

अर्यालले नयाँ ७१ जनालाई यसअघि आएका नामबाट नै छनोट गरिएको जानकारी दिनु भयो । उहाँले अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको जानकारी दिनु भयो । उहाँले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरूलाई प्रशिक्षण दिइएको बताउनु भयो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ५ : ३९ बजे