सुनको मूल्य बढ्यो, ९९ हजारमा कारोबार

​​​​​​​काठमाडौँ । सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार कायम भएको छ । यसअघि, बुधवार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार पाँच सय निर्धारण भएको छ ।  बुधवार तेजाबी सुनको मूल्य तोलाको ९८ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा कारोबार  भइरहेको महासङ्घले जनाएको छ।  बुधबार चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ११ : ४४ बजे