चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० मा बुधवार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० वर्षीय मलाहा महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १०ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनी सवार रहेको बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गए राती पौने १० बजे अनियन्त्रित भई पल्टिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ११ : ३२ बजे