दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्ध बालबालिकालाई लगाउन लागिएको खोपको उद्घाटन 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिन लागिएको खोपको उद्घाटन  गर्नुभएको छ ।

रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गर्नुभएको हो । 

आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई शुक्रवारदेखि खोप दिइदैछ । 

नेपालमा पहिलो पटक यो खोप लगाउन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झन्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : २३ बजे