एमाले अध्यक्ष ओली आज नेपालगञ्ज र बर्दिया जानुहुँदै 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै हुनुहुन्छ । उहाँ बिहान ९ः०० बजे नेपालगञ्ज जान लाग्नुभएको हो  । 

अध्यक्ष ओलीले नेपालगञ्जमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

त्यसपछि अध्यक्ष ओली बर्दिया जानुहुने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले बर्दियामा पार्टी मातहतको सुकुम्वासी सङ्गठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ । 

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ७ : ५६ बजे