सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

काठमाडौँ । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक९रेफ्री० दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित  हुनुभएको छ ।

यही चैत १८ देखि २० गतेसम्म  स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसिप’मा उहाँले वेष्ट रेफ्री बन्न सफल हुनुभएको हो । 

विश्वका  ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी हुनुहुन्थ्यो ।

निर्णायक (रेफ्री) मध्ये उहाँ उत्कृष्ट घोषित हुन सफल हुनुभएको थियो । यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ७ : ३८ बजे