‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माधव नेपाल र भीम रावल पार्टीबाट निलम्बित (पत्रसहित)

काठमाडौं– नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बित गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट नै निलम्बित गरेको हो ।

चैतको ७  गते केन्द्रीय कमिटीको बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको आरोपमा नेपाल र रावलका साथै घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लगायतलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाउनु भएको थियो ।

हेर्नुहोस् पत्र:

 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ०३ बजे