मेलम्ची । राष्ट्रिय युवा सङ्घ नेपाल मेलम्ची नगर कमिटीद्वारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय कार्यालय कमिटी सदस्य एवम् प्रदेश न १ इन्चार्ज अञ्जना अधिकारीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि अधिकारीले राष्ट्रिय युवा संघको इतिहास र स्थानीय निर्वाचनमामा युवाहरूको भूमिका लगायतका विषयमा प्रशिक्षण गराउनु भएको नगर कमिटी अध्यक्ष निरल वाइबाले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रमका विशेष अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण देउजाले जनताको बहुदलीय जनवादको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै प्रशिक्षण कार्यक्रमका विशेष अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य मित्रलाल चौलागाईंले राजनीतिसँगै युवाहरुलाई उत्पादन अभियानमा कसरी आकर्षण गराउन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराउनुभएको थियो ।
प्रशिक्षण कार्यक्रम राष्ट्रिय युवा सङ्घ नेपाल बागमती प्रदेश कमिटी संयोजक महेश चौलागाईं राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोक संयोजक राजन दुलाल जिल्ला कमिटी सदस्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रशिक्षण कार्यक्रम राष्ट्रिय युवा सङ्घ नेपाल मेलम्ची नगर कमिटी अध्यक्ष निरल वाइबाको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ५ : १७ बजे
प्रतिक्रिया