सुनको मूल्यमा नयाँ कीर्तिमान

बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार 

काठमाडौं ।  बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको  रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् ।  

प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो । 

ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : २० बजे