माधव नेपालको वडामै विद्रोह : जिल्ला नेतासहितका दर्जनौ कार्यकर्ता एमाले प्रवेश

गौर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गृहनगर गौरमा उनकै वडाका नेता(कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।  जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा नेकपा एसका नेता कार्यकर्ताले एस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको हो । 

गौरस्थित एमाले पार्टी कार्यालयमा नवप्रवेशीहरूलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले स्वागत गर्नुभयो ।

सोही क्रममा गौर नगरपालिका–९ निवासी लोसपानिकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमाले प्रवेश गर्नुभयो ।

​​​​​​​

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : ०४ बजे