बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

काठमाडौं ।  बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । 

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । 

नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : ०२ बजे