सुनको मूल्य घट्यो, ९८ हजार पाँच सयमा कारोबार

काठमाडौँ । सुनको मूल्य बुधवार तीन सय रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मङ्गलवार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ। मङ्गलवार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

 

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ३५ बजे