साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण सुरु 

​​​​​​​काठमाडौँ । लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण दाङ घोराहीको गुलरीयामा सुरु भएको छ । 

प्रशिक्षण कार्यक्रम आज घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मादल बजाएर उद्घाटन गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापन सञ्चालित उक्त कार्यक्रम चैत २२ बाट सुरु भई वैशाख १ गते समापन हुनेछ ।

लुम्बिनी प्रदेशको विभिन्न जिल्लाका २२जना थारु समुदायका सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक वरिष्ठ ताल बादक खड्ग बुढा मगरले सैद्धान्तिक तथा व्यावहारिक तालिम दिनुहुने छ ।

उद्घाटन समारोह को सभापतित्व र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा राधाकृष्ण सामूहिक अध्ययन केन्द्र दाङको हलमा भएको हो ।

माननीय शान्ता चौधरी, डा.गोविन्द आचार्य, डा. कृष्णराज सर्वहारी साथै स्थानीय समाजसेवी तथा समुदायको उपस्थिति भएको समारोहको सहजीकरण प्रशिक्षण कार्यक्रमका संयोजक कुलबिर चौधरीले गर्नुभयो ।

प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख तथा कार्यक्रम संयोजन अशोक राईले जानकारी गराउनुभए अनुसार प्रशिक्षण वैशाख १ गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र वितरण गरी सहित समापन हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : ५४ बजे