एमाले अध्यक्ष ओलीले आज राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको महाधिवेशन उद्घाटन गर्नुहुने 

काठमाडौँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । 

कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १०ः०० बजे गर्नुहुने कार्यक्रम  छ ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसायमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।

महासङ्घ एमालेको २२औँ जनवर्गीय सङ्गठनको रूपमा सक्रिय छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : २९ बजे