दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ललितपुरमा शुक्रवारदेखि टाइफाइड विरुद्धको खोप लगाइँदै

ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस बिष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

उहाँका अनुसार खोप अभियानका लागि हामीले पाएको बजेट ५७ हजार हो । यो बजेट सबै खर्च हुन पनि सक्छ । नहुन पनि सक्छ ।

सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।

उहाँले बालबालिकाहरूलाई खोप दिनका लागि अभिभावक उपस्थित हुनु पर्ने वा लिखित सहमति आवश्यक पर्ने बताउनुभयो । धेरै बालबालिका विद्यार्थी रहेकाले विद्यालयहरूमा खोप केन्द्र सञ्चालन हुनेछन् ।

विद्यालय नजाने सम्भावित ठाउँमा पालिकाहरूको समन्वयमा छुट्टै खोप केन्द्र समेत सञ्चालन गरिने प्रमुख विष्टले बताउनुभयो । “इटाभट्टा र गलैँचा, कपडा कारखानालगायत विभिन्न ठाउँबाट आएर श्रम गरिरहेका ठाउँलाई लक्षित गरेर खोप अभियान सञ्चालन हुनेछ ।” , उहाँले भन्नुभयो

देशभर ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्यका साथ सुरु हुने अभियानमा ललितपुरमा भने १ लाख ३१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको प्रमुख विष्टले बताउनुभयो । उनले ९५ प्रतिशतलाई खोप लगाइने बताउनुभयो

अभियानका लागि जिल्लामा २ सय ४० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको छ  भने विद्यालयका शिक्षिकालाई समेत खोप अभियानमा समावेश गरिने कार्यक्रम छ । प्रमुख विष्टले खोप लगाएपछि साइड इफेक्ट समेत हुनसक्ने अवस्थालाई मध्यनजर गरेर स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था गरिएको बताउनुभयो ।

जिल्ला स्तरीय खोप समन्वय समितिका सदस्यसचिव पार्थमणि न्यौपानेले यसअघि पाटन अस्पतालमा यो खोप लगाइसकेकाले खोप लगाउनु नपर्ने बताउनुभयो ।  

विश्व स्वास्थ्य सङ्गठनले टाइफाइड विरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगका लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : १८ बजे