कस्तो छ आजको मौसम ?

काठमाडौँ । नेपालमा भारतको विहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ ।

 प्रदेश १ र बागमतीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भू–भागका एक वा दुई  स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १ को पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : १६ बजे