राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

​​​​​​​काठमाडौं – सरकारले एसिडसम्बन्धीसहितका विभिन्न पाँचवटा अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच वटा अध्यादेश जारी गर्नु भएको हो ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्ति:

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : ४४ बजे