पर्सा र धनुषाका तीन स्थानीय तहका उपप्रमुख एमाले प्रवेश

वीरगञ्ज । पर्साको दुईवटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेमा बहादुरमाई नगरपालिकाकी उपमेयर गायत्रीदेवी यादव र सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी छन् । यादव नेपाली कांग्रेस र थरुनी जसपाबाट निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नेमा धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर निलम मण्डल पनि छिन् ।

मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रमका बीच उहाँहरू एमाले प्रवेश गर्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो । कार्यक्रममा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साहलगायतका नेता पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा विभिन्न दल त्यागेर एमाले रोजेका जिल्ला र पालिकास्तरीय हजारौं नेता कार्यकर्तालाई स्वागत गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ५ : ३१ बजे