सरकारले रेल–वे बनाउन सक्दैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाल सरकार आफैँले रेल–वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । 
अघिल्लो सरकारले चोभारमा बनाएको सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले  अहिलेकाे सरकारले रेल वेमा  लगानी गर्न नसक्ने बताएका हुन् ।  

ब्यापार घाटा बढेको भन्दै उनले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्र सरकारले रेल–वेमा लगानी गर्न सक्ने बताए । 

यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले रेल(वे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले यसमा ध्यान र्पुयाउनुपर्ने अवस्था छ । नत्र कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेल–वे बनाउन सकिन्छ।’
प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाह निर्माणले मुलुकको आर्थिक विकासमा सहयोग र्पुयाउने अपेक्षा व्यक्त गरे । 
 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : ४९ बजे