केही स्वार्थी मान्छेले केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए : अध्यक्ष ओली 

वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताउनुभएको छ । 

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताउनुभएको हो  । 

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उहाँले भन्नुभयो , ‘म मधेशको मान्छे । ६० वर्षदेखि म त मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’ 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ३ : ५४ बजे