एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली

वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्न लागेको  बताउनुभएको छ   । 

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको बताउनुभएको हो ।

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भन्नुभयो , ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’  

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ३ : ४८ बजे