सुनको मूल्यमा नयाँ कीर्तिमान

विद्यालय हिँडेकी बालिकाको बाटोमै हत्या

काठमाडौं । उदयपुरमा विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको छ ।

बेलका नगरपालिका–३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमको कषा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो । सुनुवारको आज बिहान अतिरिक्त कक्षा ९कोचिङ० पढ्न घरबाट विद्यालय जाने क्रममा सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको हो ।

सुनुवारको गाउँबाट विद्यालय पुग्नेसम्म बाटोमा कुनै बस्ती छैन । कविताको घरबाट विद्यालय पुग्न हिडेँर जाँदा आधा घण्टाको समय लाग्ने गर्दछ । 

यसैबीच विद्यालय विज्ञप्ति निकालेर घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : २८ बजे