काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष र पूर्व पालिका सभापतिद्वारा पार्टी परित्यागको घोषणा

हेलम्बु । नेपाली काङ्ग्रेसबाट निर्वाचित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खेतनाथ घिमिरेले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

काङ्ग्रेसमा व्यक्तिवादी सोच हाबी हुँदै गएको ,मनलाग्दी तवरले कार्यशैली अगाडि बढाएको ,शिक्षा क्षेत्र धरासायी भएको आरोप लगाउँदै काङ्ग्रेस पार्टी छोडेको घिमिरेले बताउनुभएको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्रति लक्षित गर्दै घिमिरेले कार्यालय भित्रै प्रधानाध्यापक कुटपिट ,बिना कारण कर्मचारी अवकाश लगायत गम्भीर आरोप समेत लगाउनुभएको छ । त्यस्तै उहाँले आफ्नो समेत राजनीतिक जीवन धरापमा पारेको भन्दै आगामी दिनमा अझै सशक्त ढंगले प्रतिकार गर्ने  सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ । 

त्यस्तै नेपाली काङ्ग्रेस हेलम्बु गाउँपालिका पूर्व पार्टी सभापति विजय सिंह तामाङले पनि पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । पार्टीमा काम गरेको समय उल्लेख गर्दै उहाँले अब समय दिन नसकेकाले पार्टी छोड्न परेको बताउनुभएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : १७ बजे