निर्वाचित दुईजना गाउँपालिका उपाध्यक्ष सहित हजारौंलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली वीरगञ्ज जानुहुँदै

काठमाडौ – जनता समाजवादी पार्टीबाट चुनाव जितेका दुईजना गाउँपालिका उपाध्यक्ष सहित हजारौं जनालाई एमाले प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्साको वीरगञ्ज जाँदै हुनुहुन्छ ।

एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासका अनुसार धोविनी गाउँपालिका उपप्रम्ुख पारस पटेल र सखुवाप्रसौनी गाउँपालिका उपप्रमुख फुलमती देवी थरुनी एमालेमा प्रवेश गर्दैहुनुहुन्छ । यसैगरी नेकपा मालेका पर्सा जिल्ला सचिव लक्ष्मीराज न्यौपाने पनि आज एमालेमा प्रवेश गर्दैहुनुहुन्छ ।

विपी उद्यान घण्टाघरमा आयोजना हुने कार्यक्रममा अन्य पार्टी त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारुले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि पर्साका जनप्रतिनिधी र अन्य पार्टीका नेता कार्यकर्ता एमाले प्रवेशको लहर चलेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ११ : ५४ बजे