अध्यक्ष ओली आज वीरगन्ज जानुहुँदै

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज वीरगन्ज जाँदै हुनुहुन्छ । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको  चुनावी सभालाई सम्बोधन गर्न उहाँ आज बिहान ११ बजे वीरगन्ज जान लाग्नुभएको हो ।

अध्यक्ष ओलीले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुहुनेछ। निर्वाचनमा एमाले एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने अध्यक्ष ओलीले दाबी गर्दै आउनुभएको छ ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत पार्टीसँग निर्वाचनमा तालमेल गर्नेगरी अनौपचारिक रूपमा छलफल भने बढेको छ ।  

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ०७ बजे