थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार ५९ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोनाको  संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८९ जना रहेका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितहरुको संख्या ८४२ रहेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ५१ बजे