माओवादीबाट निर्वाचित उपमेयर एमालेमा प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर एमालेमा प्रवेश गर्नुभएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नु भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजि निवास बालकोटमा उपमेयर मीना यादवलाई एमाले प्रवेश गर्नु भएको छ ।

सोही अवसरमा नेकपा माओवादी केन्द्रका नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गर्नु भएको छ ।  उहाँहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य प्रभु साह र लेखा आयोगका अध्यक्ष प्राडा पुष्प कडेँलले स्वागत गर्नुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ०२ बजे