काठमाडौं- नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
आज चैत २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो ।
उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्कनुभएको हो ।
प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १ : ४८ बजे
प्रतिक्रिया