सुनको मूल्यमा नयाँ कीर्तिमान

९० किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ९० किलो लागु औषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित पूर्व पश्चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली रहेका छन्। पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : ४१ बजे