राष्ट्रपतिले आज काष्ठमण्डपको उद्घाटन गर्नुहुँदै 

काठमाडौँ । २०७२ साल वैशाख  १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भई आज उद्घाटन हुने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुन निर्मित काष्ठमण्डपको आज दिउँसो १:०० बजे उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

२०७२ साल वैशाख  १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि पुनर्निर्माण सुरु गरिएको थियो । 

करिब साढे ११ करोड रुपैयाँको लागतमा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

 

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ३९ बजे