राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा प्रेमनाथ अधिकारी

काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको अध्यक्षमा गीतकार प्रेमनाथ अधिकारी चयन हुनुभएको छ ।

आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएको हो ।

आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित हुनुभएको छ । 

एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गर्नुभएको थियो ।

बन्द सत्रबाट साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत गरेका ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो ।

महासङ्घको राष्ट्रिय अधिवेशन यही चैत १८ गते नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको  थियो ।

 

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १० : ११ बजे