युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा सङ्घ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । 

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ः०० बजे अध्यक्ष ओलीले लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको हो  । 

युवा सङ्घले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको सङ्घका सचिवालय सदस्य दुष्यान्त दाहालले बताउनुभयो । 

उहाँका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् । 

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : २० बजे