सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इन्डियन प्रिमियर लिग : चेन्नाइको लगातार तेस्रो हार

काठमाडौँ  । पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा साबिक विजेता चेन्नाई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नाइले १८ ओभरमा सबै विकेट गुमाउँदै  १२६ रनमा समेटिएको हो ।  

चेन्नाइका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए ।  पन्जाबका राहुल चाहरले ३  विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए । चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए ।

जितसँगै पन्जाबले तीन खेलबाट दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेलबाट ४ अङ्क जोडेको छ । चेन्नाइले ३ खेलमा अङ्क जोड्न सकेको छैन ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ४९ बजे