ग्यासको सिलिन्डर विस्फोट हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन  जना बालबालिकाको मृत्यु भएको छ । 

बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार साँझ ७ बजे ग्यास विस्फोट भएको हो । 

घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : २४ बजे