दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप २३ जनामा कोरोना पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरणअनुसार ६ हजार ९०९ जनामा परीक्षण गर्दा २३ संक्रमित फेला परेका हुन् । 

कोरोना निको भएर ६६ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । आइतवार देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ ।

कोरोना निको हुने दर ९८।७ प्रतिशत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : १४ बजे