अखिलले प्रत्येक बुथमा एक सय स्वयंसेवक खटाउने

​​​​​​​काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रत्येक बुथमा अखिलका एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । 

केन्द्रीय कमिटीको शनिवार सम्पन्न विस्तारित बैठकले सो निर्णय गरेको हो ।  ‘जनमतको सुरक्षा हाम्रो दायित्व,निष्पक्ष निर्वाचनमा हुने षड्यन्त्रविरुद्ध अनेरास्ववियुको नेतृत्व’ भन्ने उद्घोषसहित प्रत्येक बुथमा स्वयंसेवक खटाइने  निर्णय भएको अखिलले जनाएको छ । 

बैठकले उपत्यका र प्रदेश राजधानीमा रहेका संगठनका नेता कार्यकर्तालाई एक साताभित्र आ आफ्नो पालिकमा एमालेलाई विजयी गराउन निर्वाचन सहयोगीका रूपमा परिचालित हुन निर्देशन दिएको छ । 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ०९ बजे