‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लुम्बिनी ट्रक यातायात व्यवसायी सघंमा पुन : खरेल

भैरहवा । लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः बिष्णुुप्रसाद खरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको १० औँ साधारणसभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाचौं कार्यकालकोलागी सर्वसम्मत अध्यक्ष हुनुभएको छ । 

निर्वाचित अध्यक्ष खरेलले निर्वाचनसँगै आफुुमाथी थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायी सघं सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताउनुभयो । उहाँले नयाँ तथा पुुराना साथीहरूलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो  । 

त्यस्तै सघंको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा बिष्णुु प्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत हुनुभएको छ ।  महासचिव गौतम पनि पाचौं कार्यकालकोलागी सर्वसम्मत हुनुभएको छ  । त्यस्तै सचिवमा बाल किसुुन गुप्ता बानीयन र सचिवमा सन्तराम पाण्डे निर्वाचित हुुनुुभएको हो ।

सचिवका प्रत्याशी लिलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बानीया र कोषाध्यक्षका प्रत्याशी वसन्त भट्टराई पछि पार्दै पाण्डे निर्वाचित हुनुभएको छ  । त्यस्तै सदस्यहरूमा रबिन खरेल, झवीन्द्र कुुमार चोखला, जगदिस प्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले जानकारी दिनुभयो । निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गर्नुभएको छ ।

निर्वाचन अधिकृत रायमाझीको अध्यक्षता, निर्वाचन समिति सदस्य प्रख्यात बञ्जाडेको सचांलनमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, सघंका अध्यक्ष बिष्णुु प्रसाद खरेल, वरिष्ठ उपाध्यक्ष मधुसूदन आचार्य, सुुनवल उद्योग वाणिज्य सघंका अध्यक्ष रमेश कर्माचार्य, प्रकाश श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : ०८ बजे