आफू अनुकुलको न्यायाधीश नपरेको भन्दै सुनुवाइ स्थागित गर्न माधव नेपालसहित १४ सांसदको निवेदन

काठमाडाैँ । माधव नेपाल पक्षसहित १४ सांसद विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन परेको छ ।

७ महिनापछि पूर्ण सुनुवाइका लागि तोकिएको मुद्दाको सुनुवाइ आफू अनुकुलको न्यायाधीश नपरे पछी स्थगित गर्न माधव नेपाल पक्षका कानुन व्यवसायीले निवेदन दिएका हुन् । आज तोकिएकै इजलाशमा सुनुवाइ हुँदा सांसद पद जाने र पार्टी नै कोल्याप्स हुने डर भएपछि सुनुवाइ स्थगित गर्न निवेदन दिएका हुन ।

प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गर्नुभएको थियो ।   अध्यक्ष ओलीले रिट हालेको ७ महिनापछि सो मुद्दा आज पूर्ण सुनुवाइमा जान लागेको थियो । मुद्दाको सुनुवाइ न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : २६ बजे