एमालेले ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेताहरुलाई सम्मान गर्ने

काठमाडौं- नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ ।

पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो । यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो ।

विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ४७ बजे