एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज, अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आज हुने भएको छ । 

काठमाडौँको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ  । भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली मध्याह्न १२ः०० बजे टोखा पुग्नुहुने जनाइएको छ । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अध्यक्ष ओली पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइराख्नु भएको छ । अध्यक्ष ओली शनिवार पनि पार्टीले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न खोटाङ पुग्नुभएको थियो । उहाँ त्यसअघि पश्चिम तराईका विभिन्न जिल्लाहरूमा आयोजना भएका चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको थियो । 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : ४५ बजे