प्रधानमन्त्री देउवा बनारस जानुहुँदै, आजै स्वदेश फर्किने

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिक स्थल बनारस जाँदै हुनुहुन्छ  । 

प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नुहुनेछ ।

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाएको छ । 

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि गत शुक्रवार भारत जानु भएको थियो । उहाँ आज साँझ काठमाडौँ फर्कनुहुनेछ । शनिवार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर भएका थियो। 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ५९ बजे