‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इन्द्रावती काठमाडौ सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन,अध्यक्षमा गणेश सचिवमा कमलराज

काठमाडौ । नेकपा एमाले इन्द्रावती गाउँपालिका-काठमाडौ सम्पर्क मन्चको दोश्रो सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । आज कपन पार्टी प्यालेसमा भएको इन्द्रावती गाउँपालिका -काठमाडौ सम्पर्क मन्चको दोस्रो सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।

सम्मेलनले अध्यक्षमा गणेश प्रसाद आचार्यलाई चयन गरेको छ । त्यस्तै सचिवमा कमलराज आचार्य,उपाध्यक्षमा सुरेस थापा,महिला उपाध्यक्ष जमुना कोईराला ,उपसचिवमा निशान्त आचार्य,महिला उपसचिवमा नम्रता कार्की र कोषाध्यक्षमा मनोज नेपाललाई चयन गरेको छ ।

सम्मेलनले २७ सदस्यीय कमिटी गठन गरेको छ । त्यस्तै १२ मध्ये १० वटा वडाको सम्पर्क कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : ४३ बजे