सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालले दियो मलेसियालाई विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा सनिवार मलेसियालाई नेपालले जितका लागि २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानम टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२३ रन बनाएको हो । 

नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक ११० रनमा अविजित रहे । दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए ।

दीपेन्द्र  नेपालबाट टी–२०मा  शतक प्रहार गर्ने चौथो खेलाडी बने । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले  शतक प्रहार गरेका थिए । 

रोहित पौडेलले ५१ रन बनाए । उनले  ३२ बलमा टी–२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । 

मलेसियाका मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए ।

नेपाल यसअघिनै फाइनल पुगिसकेको छ । आज मलेसियाको जित निस्किए स्वतः फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा पीएनजी फाइनल पुग्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ३७ बजे