सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विश्वकप ड्र : जर्मनी र स्पेन एकै समूहमा, यस्तो छ तालिका

काठमाडौँ । कतार विश्वकप २०२२ मा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुवै टोली समूह ‘इ’ मा छन् । 

कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन  सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । ड्र अनुसार आयोजक कतारसँगै समूह ‘ए’ इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

विश्वकप यसै वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार विभिन्न सहरहरूमा आयोजना हुदैछ ।

विश्वकप ड्र: 
​​​​​​​समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’– इङ्गल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टारिका र न्युजिल्यान्ड प्लेअफको विजेता
समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : १७ बजे