एमाले अध्यक्ष ओली बृहत् जनसभालाई सम्बोधन गर्न आज दिक्तेल जानुहुँदै 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पार्टी जिल्ला कमिटी खोटाङले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न   खोटाङ जाँदै हुनुहुन्छ ।

उहाँ बिहान साढे १० बजे जानुहुने भएको छ । अध्यक्ष ओलीसँगै उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि त्यसतर्फ जाँदै हुनुहुन्छ  ।

अध्यक्ष ओली र उपाध्यक्ष थापाले त्रिधार्मिकस्थल हलेसी महादेवको र हलेसी मारतिका गुम्बाको अवलोकनपछि जनसभास्थल प्रस्थान गर्नुहुने एमालेका प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।

जनसभा कार्यक्रममा विभिन्न पार्टीबाट दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी रहेको एमाले खोटाङले जनाएको छ। 

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ०३ बजे