सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इन्डियन प्रिमियर लिग टी–२० क्रिकेट : कोलकत्ताको लगातार दोस्रो जित

काठमाडौँ । पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  । 

शुक्रवार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहँदै ७० रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए ।

लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । कोलकत्ताका उमेश यादवले ४ विकेट लिँदा  टिम साउथीले २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अङ्क जोड्दै  शीर्ष स्थानमा उक्लिएको छ  । पन्जाबको  भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अङ्क  छ ।

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : २७ बजे