नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदै

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदै छ ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । 

उक्त समूहमध्ये प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभयो ।

निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिवार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ः०० बजेदेखि मतदान प्रारम्भ हुनेछ भने ४ः०० सम्पन्न हुनेछ ।  

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ । 

निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् । सर्वोच्च अदालत परिसरमा चार वटा बुथको व्यवस्था गरिएको छ । 

उपत्यकामा धेरै मतदाता भएकाले चार वटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जनकारी दिनुभयो ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ०५ बजे