नेकपा एस छाडेर एमालेमै फर्किए भगवतीमाई गाउँपालिका अध्यक्ष

सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् ।  

उनी पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका छन् ।

यसैगरी सोही कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ५७ बजे