काठमाडौँ । सुनको मूल्य आज आठ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ६० रुपैयाँ निर्धारण भएको छ ।
प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ११ : ५७ बजे
प्रतिक्रिया